• २०८१ बैशाख १७ सोमबार

काँग्रेसको चियापानमा प्रचण्ड : समृद्धिको अभियानमा सहभागी हुन काँग्रेसलाई आव्हान 

kharibot

काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई समृद्ध बनाउने अभियानमा सहभागी हुन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई आह्वान गरेका छन् । 

दसैँ, तिहार, छठलगायतका पर्वको अवसर पारेर नेपाली कांग्रेसले शुक्रबार सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढ्न पनि सबै राजनीतिक दल र नागरिक समाजका अगुवाहरु एकतावद्ध भएर अघि बढनुपर्ने आवश्यक्ता औँल्याए ।

प्रचण्डले भने, “राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता हिजो जति थियो आज पनि त्यति नै छ । यो देशमा जतिपनि ठूला ठूला राजनीतिक परिवर्तनहरु भएका छन् राष्ट्रिय एकताका आधारमा मात्र भएका छन् ।”

प्रचण्डले जनताको चाहना अनुसार मुलुकलाई अघि बढाउन सबै राजनीतिक दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको बताउदै विपी कोइरालाले सुरु गरेको राष्ट्रिय मेलमिलापको नीतिअनुसार मुलुकमा ठूल्ठूला परिवर्तन भएको र  अब मुलुकलाई समृद्ध बनाउने अभियानमा पनि विपीको त्यो नीतिको आवश्यक्ता झनै बढेर गएको पनि स्पष्ट पारे ।

चियापान कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि मुलुकलाई समृद्ध बनाउन राष्ट्रिय एकताको आवश्यक्तामा जोड दिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै