• २०८१ बैशाख १७ सोमबार

श्रीलंकाका राष्ट्रपति सिरिसेनाद्वारा संसद भंग, जनवरीमा चुनावको घोषणा  

kharibot

कोलम्बो।  श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनाले संसद भंग गरेका छन् । प्रधानमन्त्रीलाई हटाउन सिरिसेनाले संसद नै भंग गरेका हुन् ।

राजनीतिक संकट गहिरिँदै जाँदा पछिल्लो समय सिरिसेनाले श्रीलंकाको राजनीतिमा प्रत्यक्ष हस्तक्षप गर्दै आएका छन् । युनाइटेड नेसनल पार्टी ‘यूएनपी’का रानिल बिक्रामसिंगेलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेपछि श्रीलंकामा राजनीतिक संकट गहिरिएको हो । 

बिक्रमसिंहेलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेपछि राष्ट्रपति सिरिसेनाले राष्ट्रपति पदका आफ्नै प्रतिद्वन्द्वि तथा पूर्व राष्ट्रपति महिंदा राजापक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । यूनाइटेड नेसनल पार्टीले राष्ट्रपतिको त्यो कदम नियम विपरित भएको भन्दै आलोचना गरेको थियो ।

यूएनपीले राष्ट्रपतिको त्यो कदम संसदले उल्टाइदिने भन्दै संसद बैठक बोलाउन आब्हान गरेको थियो । तर राष्ट्रपति सिरिसेनाले संसद नै भंग गरिदिएका छन् । उनले पुनः चुनाव गराउने आश्वासन दिएका छन् । आउँदो जनावरी १ मा पुनः चुनाव गराउने राष्ट्रपतिको योजना छ ।

राष्ट्रपति सिरिसेनाले शुक्रबार राति संसद भंग गरेको बताएका हुन् । तर त्यो विषयलाई त्यहाँको उच्च अदालतले उल्टिइदिन पनि सक्ने छ । यूएनपीका सांसदहरुले राष्ट्रपतिसँग संसद भंग गर्ने शक्ति नभएको जिकिर गरेका छन् ।

यूएनपी पार्टीले राष्ट्रपतिको त्यो कदम गैरकानूनी रहेको र त्यो कदमलाई त्यहाँको उच्च अदालतले उल्टाइदिने विश्वास व्यक्त गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै