• २०८१ बैशाख १७ सोमबार

नेपाली महिला फुटबल टिम टोकियो ओलम्पिकको एसियाली छनोटको दोस्रो चरणमा 

kharibot

काठमाडौँ। नेपाली महिला फुटबल टोली टोकियो ओलम्पिकका लागि एसियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । एसियाली छनोट प्रतियोगिताको समूह सीमा रहेको नेपालले समूहका तीनै खेलमा एक-एक गोलको बराबरी खेलेको थियो । 

तीन खेलबाट ३ अंक जोडेको नेपाल समूहको विजेता तथा उपविजेता बन्न सकेन । तर, चार समूहमध्ये तेस्रो हुने उत्कृष्ट दुई टिमको रुपमा नेपालले दोस्रो चरणमा प्रवेश पाएको हो । 

नेपालले प्रतियोगिताबाट बाहिरिइसकेको बंगलादेशसँग मंगलबार भएको खेलमा एक एक गोलको बराबरी खेलेपछि समूहको शीर्ष दुईभित्र पर्ने सम्भावना सकिएको थियो । 

म्यानमारको थुवुना रंगशालामा नेपालले १७अाैं मिनेटमै अग्रता लिएको थियो । निरु थापाले सुरुवाती गोल गरेकी थिइन् । तर, खेलको अन्तिम मिनेटमा गोल खाएसँगै नेपालले लगातार तेस्रो खेलमा पनि अंक बाँड्नुपर्यो । खेलको इन्जुरी समयको तेस्रो मिनेटमा बंगलादेशकी अखिल खातुनले गोल गरेकी थिइन् ।

यसअघि भारतसँगको पहिलो खेल तथा म्यानमारसँगको दोस्रो खेलमा पनि नेपालले बराबरीको नतिजा निकालेको थियो । तीनै खेलमा नेपालले एक-एक गोलको बराबरी खेल्यो ।

पहिलो चरणको छनोटमा १८ टोलीको सहभागिता थियो । जसमध्ये १० टोली दोस्रो चरणमा पुगेका छन् भने बाइ पाएर सिधै दोस्रो चरणमा पुगेका भियतनाम र उज्बेकिस्तानसहित १२ टोलीबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।

ओलम्पिक २०२० को एसियाली छनोट अन्तर्गत दोस्रो चरणको खेल २०१९ अप्रिल १ देखि ९ सम्म हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय