• २०८१ बैशाख १८ मंगलबार

श्रीलंकाका राष्ट्रपतिको संसद भंग गर्ने निर्णयविरुद्ध अदालतको अन्तरिम आदेश 

kharibot

कोलम्बो। श्रीलंकाको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरीसेनाको संसद भंग गर्ने र नयाँ निर्वाचन गर्ने निर्णयलाई रोकिदिएको छ। 

समाचार एजेन्सी एएफपीका अनुसार प्रधानन्यायाधिश नलिन पारेरासहित तीन जना न्यायधिशको बेञ्चले राष्ट्रपति सिरिसेनाको निर्णय विरुद्ध अन्तरिम आदेश दिदै रोक लगाएको हो। 

हरेक दिन नयाँ नाटकीय घटना भइरहेको श्रीलंकाको राजनीतिमा फेरी नयाँ मोड आएको हो। सर्वोच्च अदालतले दिदै डिसेम्बर ७ सम्म राष्ट्रपतिको निर्णय कार्यान्यवन नगर्न आदेश दिएको छ। 

राजनीतिक घटनाक्रमका बीच राष्ट्रपति सिरिसेनाले गत अक्टोबर २६ मा प्रधानमन्त्री रानिल विक्रमसिंघेको ठाउमा आफ्ना प्रतिद्वन्दी महिंदा राजपक्षेलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलंकाको राजनीतिले नयाँ मोड लिएको थियो। त्यसपछि प्रधानमन्त्री महिंदा राजपक्षेसँग संसदमा बहुमत नभएको चर्चा हुन् थालेपछि राष्ट्रपतिले संसद नै भंग गरेर नयाँ चुनावको घोषणा गरेका थिए।

महिंदा राजपक्षे सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपति भइसकेका छन्। २०१५ को राष्ट्रपति चुनावमा सिरीसेनाले महिंदा राजपक्षेलाई नै पराजित गरेर राष्ट्रपति बनेका थिए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै