• २०८१ बैशाख १५ शनिबार

जिम्बाबेविरुद्धको दोस्रो टेस्टमा बंगलादेश विजयी, सिरिज १-१ को बराबरी 

kharibot

काठमाडौँ।  बंगलादेशले जिम्बाबेविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा २१८ रनको जित हासिल गर्दै सिरिज १-१ ले बराबरी गरेको छ। हाल जिम्बाबे भ्रमणमा रहेको बंगलादेशले दोस्रो टेस्टको पाचौ दिन जिम्बाबेलाई २२४ रनमा अलआउट गर्दै खेल २१८ रनले जितेको हो। 

टेस्टको पहिलो दिन टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले मुशफिकुर रहमानको २१९ रनको ऐतिहासिक पारी र मनिउल हकको १६१ रनको पारीको मद्धतले ७ विकेट गुमाउदै ५२२ रन बनाएर पारी घोषणा गरेको थियो। जवाफी ब्याटिंग गरेको जिम्बाबेले ब्रेनडम टेलरको ११० रनको मद्धतले ३०४ रन बनाउदै अलआउट भएको थियो।

पहिलो पारीमा २१८ रनको अग्रता लिएको बंगलादेशएल दोस्रो पारिमा ६ विकेट गुमाएर २२४ रन बनाएर पारि घोषणा गर्दै जिम्बाबेलाई ४४३ रनको लक्ष्य दिएको थियो । ४४३ रनको लक्ष्य पाएको जिम्बाबेले ब्रेनडम टेलरको अविजित १०६ रनको मद्धतले २२४ रनमा समेटिएको थियो।  

बंगलादेशका लागि दोहोरो शतक बनाएका मुशफिकुर रहमान खेलको म्यान अफ द म्याच बनेका थिए भने दुई खेलका चार पारिमा कुल १७ विकेट लिएका बंगलादेशका तैजुल इस्लाम म्यान अफ द सिरिज बनेका छन्।  
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै