• २०८१ बैशाख १८ मंगलबार

मुम्बई इन्डियन्सले १० खेलाडीलाई हटायो  

kharibot

काठमाडौँ। तीन पटक आइपिएल जितेको मुम्बई इन्डियन्सले सन् २०१९ को सिजनका लागि १८ खेलाडीलाई निरन्तरता दिदै १० खेलाडीलाई रिलिज गरेको छ। 

आगामी सिजनको लागि कप्तानको रुपमा रोहित शर्माले निरन्तरता दिएको छ भने अन्य खेलाडीमा हार्दिक पाण्डेय, क्रुनाल पाण्डेय, जस्प्रित बुमराह, मयंक मार्केडेय, आदित्य टारे, इशान किसन, राहुल चहर, अनुकुल राय, सुर्यकुमार यादवलाई निरन्तरता दिएको छ। त्यस्तै निरन्तरता दिइएका विदेशी खेलाडीमा किरोन पोलार्ड, बेन कटिंग, एविन लुइस, मिसेल मेक्लेनघन,क्विंटन डी कॉक, र एडम मिल्ने रहेका छन्। 

त्यस्तै मुम्बई इन्डियन्सले जेपी डुमिनी, पेट कमिन्स, मुस्ताफिर रहमान, अकिला धनन्जयलगायतका विदेशी खेलाडी सहित सौरभ तिवारी, प्रदीप सांगवान, शरद लुम्बा, तजिंदर सिंह ढील्लो, मोहसिन खान र एमडी निधेशसहितका भारतीय खेलाडी रहेका छन्। 

आगामी सिजनको आइपिएल मार्च २३ देखि सुरु हुने छ भने भारतमा आम निर्वाचन हुने हुनाले आइपिएल दक्षिण अफ्रिका या युएइमा हुनसक्ने भारतीय मिडियाले उल्लेख गरेका छन्। आगामी सिजनको आइपिएलका लागि खेलाडीको अक्सन भने डिसेम्बर १८ मा जयपुरमा हुदै छ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै