काठमाडौं । भोलि सोमबार नेपाल राष्ट्र बैंकले दुुई सय करोड रुपैयाँको ऋणपत्र (टे«जरी बिल) जारी गर्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार ट्रेजरी खरिदका लागि बैंक तथा फाइनान्स कम्पनीहरुले भोलि अपराह्न २ बजेसम्म राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागमा आवेदन दिनुुपर्नेछ । परिपक्व हुुने मिति ९१ दिन अर्थात् आगामी फागुुन ७ गते रहेको ऋणपत्रको जारी मिति भने मंसिर चार गते तोकिएको छ ।
राष्ट्र बैंकले यसअघि यही कात्तिक २६ गते पनि २८ दिने अवधिको तीन सय २५ करोड, ९१ दिने अवधिको दुुई सय ५३ करोड र एक सय ८२ दिने अवधिको दुुई सय करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।