• २०८१ बैशाख १४ शुक्रबार

बेल्जियमलाई पराजित गर्दै  स्विटजरल्याण्ड नेशन्स कपको सेमिफाइनलमा 

kharibot

काठमाडौँ। युइएफ़ए नेशन्स कप अन्तर्गत स्विटजरल्याण्डले बेल्जियमलाई पराजित गरेको छ। विश्वकपको तेस्रो स्थान हासिल गरेको बेल्जियम स्विटजरल्याण्डसँग ५-२ गोल अन्तरले पराजित भएको हो। 

स्विटजरल्याण्डको जितमा हारिस सेफेरोभिकले ह्याट्रिक गरेका थिए भने रिकार्डो रोड्रिगेज र निकोइल्भेडीले एक एक गोल गरेका छन् । त्यस्तै बेल्जियमका लागि थोर्गन हजार्डले दुवै गोल गरेका थिए। 

बेल्जियमलाई पराजित गर्दै स्विटजरल्याण्ड समुह २ मा शिर्ष स्थानमा रहदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। बेल्जियमसँग समान अंक रहेपनि गोल अन्तरको आधारमा पहिलो भएको हो।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै