• २०८१ बैशाख २१ शुक्रबार

जर्मनीविरुद्ध बराबरी खेल्दै नेदरल्याण्ड नेशन्स कपको फाइनल चरणमा 

kharibot

काठमाडौँ। युइएफ़ए नेशन्स कपमा नेदरल्याण्डले जर्मनीविरुद्ध नाटकीय रुपमा बराबरी खेलेपछि नेदरल्याण्ड फ्रान्स र जर्मनीलाई पछि पार्दै नेशन्स कपको सेमिफाइनलमा पुगेको छ। 
गएराती भएको खेलमा नेदरल्याण्डले अन्तिम ५ मिनेटमा २ गोल गरेपछि जर्मनीविरुद्ध बराबरी गरेको थियो। नेदरल्याण्डका लागि क्वेन्सि प्रोमेस र भिर्गिल भान डिजिकले एक एक गोल गरेका थिए। यस अघि जर्मनीका लागि थोमोस वेर्नर र लिरोय सानेले एक एक गोल गर्दै जर्मनीलाई सुरुवात मै २-० को अग्रता दिलाएका थिए। 

विश्वकप विजेता फ्रान्स गोल अन्तरको आधारमा नेदरल्याण्डभन्दा पछि परेपछि नेशन्स कपको फाइनल चरणमा ठाउ बनाउन असफल भएको छ भने जर्मनी नेशन्स कपमा रेलिगेट भएको छ।  

योसँगै नेदरल्याण्ड, स्विटजरल्याण्ड, पोर्चुगल र इङल्याण्ड नेशन्स लिगको फाइनल चरणमा पुगेका छन् भने अब उनीहरु आगामी जुनमा फाइनल चरणका खेलहरु खेल्ने छन्।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै