• २०८१ बैशाख १८ मंगलबार

भारतलाई हराउदै इङल्याण्ड महिला टी–२० विश्वकपको फाइनलमा   

kharibot

काठमाडौँ। आईसीसी महिला टी–२० विश्वकपको फाइनलमा अस्ट्रेलिया र इङल्याण्ड पुगेका छन्। आज सम्पन्न दोस्रो सेमिफाइनलमा इङल्याण्डले भारतलाई ८ विकेटले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो। 

भारतले दिएको ११३ रनको लक्ष्य पछाएको इङल्याण्डले १७.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्दै प्रतियोगिताको फाइनलआमा पुगेको हो। इङल्याण्डका लागि एमी जोन्सले अविजित ५३ रन बनाइन भने नताली सिभेरले अविजित ५२ रन बनाएकी थिइन्। 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतीय महिला टिमले १९.३ ओभरमा अल आउट हुदै ११२ रन बनाएको थियो। भारतका लागि स्मृति मन्धनाले सर्वाधिक ३४ रन बनाएकी थिइन् भने जेमीमाह रोड्रीगेजले २६ रन तथा हर्मनप्रित कौरले १६ रन बनाएकी थिइन्। भारतलाई कम रनमा रोक्न इङल्याण्डका बलर हेदर नाइटले ३ विकेट लिएकी थिइन् भने क्रिष्टिन गोर्डन र सोफी इस्लेस्टोनले २-२ विकेट लिएका थिए। भारतक ३ खेलाडी रन आउट भएका थिए। 

५३ रन अविजित बनाएकी इङल्याण्डकि एमी जोन्स खेलको म्यान अफ द म्याच बनेकी छन्। 

यसअघि आजै सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिजलाई पराजित गर्दै अस्ट्रेलिया आईसीसी महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको थियो  पहिलो सेमिफाइनलमा अस्ट्रेलियाको महिला टिमले वेस्टइन्डिजलाई ७१ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। 

अब आईसीसी महिला टी–२० विश्वकपको उपाधिका लागि अस्ट्रेलिया र इङल्याण्ड आगामी आइतबार खेल्ने छन्।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय