• २०८१ बैशाख १४ शुक्रबार

टी-१० लिगको चौथो खेलमा सन्दीपले लय गुमाउदा केरला पराजित 

kharibot

काठमाडौँ। टी-१० लिगमा सन्दीप लामिछानेले लय गुमाउदा केरला नाइट्स पराजित भएको छ। गएराती भएको खेलमा केरला नाइटस पंजाव लिजेण्डसँग ३६ रनले पराजित भएको हो।

पंजावले दिएको १०८ रनको लक्ष्य पछाएको केरला 8.२ ओभरमा ७१ रन बनाउदा अलआउट भएको थियो। केरलाका लागि क्रिश गेलले ३५ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए। पंजावक लागि हसन खानले ४ विकेट लिए भने प्रविन कुमारले ३ तथा जाहिर खान, क्रिस जोर्डन तथा जेड डेर्नब्याचले एक एक विकेट लिएका थिए। 

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पंजावले १० ओभरमा ५ विकेट गुमाउदै १०७ रन बनाएको थियो। पंजावका लागि उमर अकमलले सर्वाधिक ३० रन बनाएका थिए भने क्रिस जोर्डनले २४, टम मोरेजले १६ रन बनाएका थिए। केरलाका लागि मोहमद नाविदले २ विकेट लिए भने सोएल तनवीर, वाने प्रनील र फबियन एलनले एक एक विकेट लिएका थिए।

यस खेलमा नेपाली बलर सन्दीपलाई भने कुनै सफलता मिलेन। प्रतियोगितामा कुल ६ विकेट लिएर शिर्ष स्थानमा रहेका सन्दीपले यस खेलमा आफ्नो लय गुमाएका थिए। सन्दीपले २ ओभर बलिङ गर्दै २८ रन दिएका थिए। पहिलो ओभरमा सन्दीपले १८ रन दिए भने दोस्रो ओभरमा १० रन दिएका थिए। 

केरलाको अर्को खेल अब विहिबार नर्थर्न वारियरसँग रहेको छ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै