• २०८१ बैशाख १५ शनिबार

कुशलले डेब्यु गरेको खेलमा टिम आबुधाबी विजयी

kharibot

काठमाडौँ । नेपाली क्रिकेट खेलाडी कुशल मल्लले डेब्यु गरेको टी– १० लिगमा उनी आवद्ध टिम आबुधाबी विजयी भएको छ । शनिबार सम्पन्न खेलमा टिम आबुधाबीले कलन्दर्सलाई २१ रनले पराजित गरेको छ । 

युनाइटेड अरब इमिरेट्स (युएई)को आबूधाबीमा जारी टी–१० लिगमा  कलन्दर्सले टस जितेर फिल्डिङ रोजेको थियो । टिम आबुधाबीले ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ६ विकेटको क्षतिमा १२४ रन बनायो । एक सय २५ रनको विजयी लक्ष्य पछ्याएको कलन्दर्सले १० ओभरमा पाँच विकेट गुमाउँदै मात्र १०३ रन बनाउन सक्यो । कलन्दर्सविरुद्धको खेलमा डेब्यु गर्दै नेपाली अलराउण्डर कुशल मल्लले १२ बलमा १८ रनको योगदान दिए । उनले यस क्रममा एक छक्का र एक चौका समेत प्रहार गरे । 

यसअघिकाखेलमा टिम आबुधाबीले मल्ललाई खेल्ने अवसर प्रदान गरेको थिएन । मल्ल आज पौल स्र्टलिङ र लियोनार्दो जुलियनपछि तेस्रो नम्बरमा टिम आबुधाबीका लागि ब्याटिङ गर्न मैदानमा उत्रिएका थिए । उनलाई सातौं ओभरको चौथो बलमा कलन्दर्सका मोहम्मद जिहादले पेभेलियन फर्काएका थिए ।

योसँगै टीम आबु धाबी प्रतियोगितामा तेस्रो भएको छ । प्रतियोगिताको फाइनल खेल पनि आजै हुदै छ । फाइनलमा दिल्ली बुल्स र नार्थर्न वारियर्सबीच हुदै छ । 

युएईमा भएको यस सिजनको टी– १० लिगमा मल्लका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीका सोमपाल कामी र करण केसी पनि खेलेका थिए भने पूर्व कप्तान पारस खड्का टिम आबुधाबीका लागि इमर्जिंग ट्यालेन्ट म्यानेजरको भूमिकामा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै