• २०८१ बैशाख १५ शनिबार

कुशल मल्लको टी-१० मा डेभ्यु, १८ रन बनाए

kharibot

काठमाडौँ । नेपाली युवा क्रिकेटर कुशल मल्लले टी-१० लिगमा कलान्दरविरुद्ध डेभ्यु गरेका छन् ।

तेस्रो स्थानको लागि जारी खेलमा टिम आबु धाबीबाट आफ्नो पहिलो खेल खेल्दै कुशलले १८ रन बनाएर आउट भएका हुन् ।

१२ बल खेलेका कुशलले एक छक्का र २ चौका प्रहार गरेका थिए ।

जारी टी-१० लिगमा खेलेका सोमपाल कामी र करण केसीको टिम भने लिग चरणबाट बाहिरिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको टिम आबु धाबीले १० ओभरमा ६ विकेट गुमाउदै १२४ रन बनाएको छ भने कलान्दरले १२५ रनको लक्ष्य पाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै