• २०८१ बैशाख १७ सोमबार

छक्का पञ्जा ३ ले १३ हलमा ५१औ दिन मनाउदै 

kharibot

काठमाडौँ। गत घटस्थापनादेखि प्रदर्शनमा आएको फिल्म छक्का पञ्जा ३ ले पनि सफलता पुर्वक प्रदर्शनको ५१औँ दिन पार गरेको छ । असोज २४ देखि प्रदर्शनमा आएको फिल्मले उपत्यका र मोफसलमा १३ वटा हलमा लगातार प्रदर्शन हुदै ५१औँ दिन पार गरेको हो । 

अघिल्लो सिरिजहरु छक्का पञ्जाले १०१ दिन र छक्का पञ्जा २ ले ५१औँ दिन पार गरेका थिए । डिजिटल प्रविधि आएर लगातार तिन सिरिजले नै ५१औँ दिन पार गर्ने फिल्ममा छक्का पञ्जा सिरिज नै पर्छ । 

यसको तिनै सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । फिल्मले उपत्यकामा मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफ क्युब सिनेमा चुच्चेपाटी चाबहिल, बिजी मल बिएसआर गोंगबु तथा सिङ्गल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स प्रालि बाइपास बालाजु , गुण सिनेमा ग्वार्को , गङ्गा सिनेमा बालाजु , गोपी कृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा ५१ औँ दिन पार गरेको हो । यसैगरि मोफसल अन्तर्गत कालिका सिनेमा बुटवल, क्युएफएक्सकै जालमा नारायणगढ र बागेश्वरी नेपालगंज तथा विन्दवासिनी सिनेमा पोखरामा प्रदर्शनको ५१औँ दिन पार गरेको हो । 

कन्टेन विथ कमेडी भनिएको छक्का पञ्जाको तेस्रो सिरिजलाई दर्शकसँगै समिक्षकले पनि रुचाएका थिए । अघिल्ला सिरिजको तुलनामा यसलाई सबैले प्रसंसा गरेका छन् । फिल्ममा दीपकसँगै जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाई, शिवहरी पौडेल, शिशिर बांग्देल, नीर शाह, किरण केसी, जयनन्द लामा लगायतको अभिनय रहेको छ । यसमा कार्यकारी निर्माताको रुपमा जितु नेपाल र केदार घिमिरे रहेकाछन् । अघिल्लो सेरिज झैँ यसमा पनि सुमन गिरी ‘भान्जा’ र तारा चन्द्र बजगाई ‘निशान’ निर्माताको रुपमा रहेका छन् । 

आमा सरस्वती मुभिजको प्रस्तुति रहेको फिल्मको निर्माणमा आइएमईले पनि सहकार्य गरेको छ । फिल्ममा कथा दीपकराज गिरीको रहेको छ भने संवादमा दीपकसँगै केदार घिमिरे, जितु नेपाल, यमन श्रेष्ठ रहेका छन् । फिल्ममा दीपक शर्मा र अर्जुन पोखरेलको संगीत रहेको छ । फिल्ममा रोशन श्रेष्ठको द्वन्द , कविराज गहतराज र प्रविन सिंहको नृत्य निर्देशन , पुरुषोत्तम प्रधानको छायाँकन , सुनयमान श्रेष्ठको मिक्सीङ्ग , सुजिल कर्माचार्यको पार्श्वसंगीत रहेको छ । 

यस फिल्ममा कमेडी विथ कन्टेन भनेर अगाडी बढेकाले दर्शकले मन पराएको निर्देशक दीपश्रीको बुझाइ रहेको छ। यस फिल्मको सफलताले थप उत्साह थपेको बताउदै दीपाले आगामी दिनको हाम्रो मार्गदर्शन दर्शक बनिएको बताइन । 

त्यस्तै ५१औ दिनसम्म सफलरुपमा प्रदर्शन भएकोमा फिल्मका कलाकार, लेखक तथा निर्माता दीपकराज गिरीले खुसि व्यक्त गरे। उनले फिल्मको सफलताले कलाकार, निर्माण टिमसहित प्रदर्शक र वितरकलाई पनि खुसि बनाएको बताए । उनले आफुहरुलाई विश्वास गर्ने दर्शकहरुलाई धन्यवाद दिदै आफुहरुलाई थप जिम्मेवार बनाएको प्रतिक्रिया दिएका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै