• २०८१ बैशाख १७ सोमबार

नेफ्टा अवार्डमा छक्का पञ्जा ३ र प्रसाद उत्कृष्ट, कसले कुन अवार्ड जिते ?

kharibot

काठमाडौँ । चलचित्र प्राविधिक संघको आयोजनामा १०औं नेफ्टा अवार्ड सम्पन्न भएको छ ।

शनिवार होटल सोल्टीमा सम्पन्न अवार्ड समारोहमा फिल्म ‘छक्का पञ्जा ३ र प्रसाद’ ले ६-६ विधामा अवार्ड जितेका छन् । ‘छक्का पञ्जा ३’ उत्कृष्ट फिल्म घोषणा गरियो भने ‘प्रसाद’ बाट अभिनेता विपिन कार्कीले उत्कृष्ट नायक र ‘साइँली’ बाट मेनुका प्रधानले उत्कृष्ट नायिकाको अवार्ड जितेका छन् ।

त्यस्तै फिल्म ‘छक्का पञ्जा ३’ बाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड जितिन् भने फिल्म ‘हरी’ ले जुरी अवार्ड जितेको छ । त्यसैगरी पपुपल नायकको अवार्ड अनमोल केसी र पपुलर नायिकाको अवार्ड साम्राज्ञी शाहले जितेका छन् ।

त्यस्तै डेभ्यु अभिनेत्रीको अवार्ड सुहाना थापाले जितेकी छन् भने डेभ्यु अभिनेताको अवार्ड धीरज मगरले जितेका छन् । 

अवार्ड समारोहमा साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तमिल्सिनालाई ५१ हजार १११ नगदसहित दीर्घ साधना सम्मान प्रदान गरिएको थियो ।

 २०७५ सालमा प्रदर्शित फिल्मलाई अवार्ड प्रदान गरिएको समारोह उपराष्ट्रपति नन्दबहादुर पनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

अवार्ड विजेताको सूची - 
 
मेकअप एन्ड हेयर : शमशेर लामा- रोमियो एन्ड मुना
कस्ट्युम डिजाइनर : युबी थापा- इन्टुमिन्टु लन्डनमा
कला निर्देशक : पासाङ टी शेर्पा- रोमियो एन्ड मुना
ब्याकग्राउन्ड स्कोर : एलिस कार्की- डमरुको डन्डिबियो
ध्वनी मिश्रण : मुकेश शाह- डमरुको डन्डिबियो
गीतकार : जाऊँ माया सरर, गणेश शाह- प्रसाद
संगीत : जाऊँ माया सरर, सुवास भुषाल- प्रसाद
एरेन्जर : जाऊँ माया सरर, उदयराज पौडेल- प्रसाद
गायक : जाऊँ माया सरर, केतन क्षेत्री- प्रसाद
गायिका : समिक्षा अधिकारी- नाइँ नभन्नू ल-३
कथा : छक्का पञ्जा-३
पटकथा : छक्का पञ्जा ३- दीपकराज गिरी
संवाद : सुशिल पौडेल- प्रसाद
ट्रेलर : साहिल खान- ए मेरो हजुर ३
भीएफएक्स : रोमियो एन्ड मुना
रङ संयोजन : अर्जुन कार्की- हरी
आदिवासी जनजाति : प्राङ्गना- तामाङ फिल्म
सह–अभिनेत्री (महिला) : सुरक्षा पन्त- गोपी
सह–अभिनेता (पुरुष) : अनुप बराल- डमरुको डन्डिबियो
अभिनेता–नेगेटिभ रोल : प्रमोद अग्रहरी- कथा काठमाण्डू्
अभिनेता कमेडी : केदार घिमिरे- छक्का पञ्जा ३
द्वन्द्व निर्देशक : चन्द्र पन्त- रणवीर
नृत्य निर्देशक : कविराज गहतराज- ए मेरो हजुर ३
डेब्यु अभिनेत्री (महिला) : सुहाना थापा- ए मेरो हजुर ३
डेब्यु अभिनेता (पुरुष) : धीरज मगर- इन्टु मिन्टु लन्डनमा
डेब्यु निर्देशक : संगीता श्रेष्ठ- कथा काठमाडौं
सम्पादक : मित्र गुरुङ- कथा काठमाडौं
छायांकार : चिन्तनराज भण्डारी- हरी
पपुलर अभिनेत्री : साम्राज्ञी शाह
पपुलर अभिनेता : अनमोल केसी
पपुलर फिल्म : छक्का पञ्जा ३
जुरी अवार्ड फिल्म : हरि
अभिनेता : बिपिन कार्की- प्रसाद
अभिनेत्री : मेनुका प्रधान- साइँली
निर्देशक : दीपाश्री निरौला- छक्का पञ्जा ३
फिल्म : छक्का पञ्जा ३

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै