• २०८१ बैशाख १७ सोमबार

‘छक्का पञ्जा ३’ को दोस्रो गीत सार्वजनिक

kharibot

काठमाडौँ। यसबर्षको बहुप्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘पहिलो नम्बरमा’ बोलको गीतले यूट्युबमा करोड बढी 'भ्यूअर्स' बटुल्दै रिलिज अगावै रेकर्ड राखेपछि फिल्ममा समावेश ‘पछि उमेर ढल्किन्छ फेरि कालै पल्किन्छ’ गीत सार्वजनिक गरिएको छ ।

नवलपरासीस्थित सास्वत धाममा खिचिएको गीतको भिडियोमा अभिनेत्री दीपिका प्रसाइँ, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ फिचर्ड छन् ।

निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको शब्द अर्जुन र दीपकराज गिरीले लेखेका हुन् । पुरुषोत्तम प्रधानले खिचिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतमा दीपिका र दीपकको जोडी उत्कृष्ट देखिएको छ ।

फिल्मले कमेडी कथामा सामाजिक सन्देश बोकेको बताइएको छ । यसको कथा दीपक आफैंले लेखेका हुन् । फिल्ममा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् । दीपक, केदार, जितु र यमन श्रेष्ठले डाइलग लेखेका हुन् । 

दशैँमा रिलिज हुने 'छक्का पञ्जा ३' मा अभिनेत्री प्रियंका कार्कीको विशेष भूमिका छ भने अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता संजोग कोइराला गेस्ट रोलमा छन् । अभिनेत्री बर्षा राउत 'पहिलो नम्बरमा' गीतमा मात्र छिन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै