• २०८१ बैशाख १४ शुक्रबार

टी-१० लिगमा केरलाको लगातार दोस्रो हार, सन्दीपले २ ओभरमा दिए ४७ रन 

kharibot

काठमाडौँ। टी-१० लिगमा केरला नाइटले लगातार दोस्रो हार बेहोरेको छ। विहिबार भएको खेलमा केरलालाई नर्थर्न वारियरले ८ विकेटले पराजित गरेको हो। केरलाएल दिएको १०३ रनको लक्ष्य पछाएको वारियरले ७.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।

वारियरका लागि निकोलस पूरानले सर्वाधिक ४३ तथा आन्द्रे रसेलले २९९ रन बनाएका थिए। त्यस्तौ रोभमन पावेलले १४ तथा लेंडी पावेलले १२ रन बनाएका थिए। केरलाका बलर वाने प्रनिल र बेनी ह्वेलले एक एक विकेट लिए।

खेलमा नेपाली बलर सन्दीप लामिछाने निकै महंगा साबित भएका थिए। सन्दीपले २ ओभरमा ४७ रन दिएका थिए। सन्दीपले आफ्नो दोस्रो ओभरमा ४ छक्का सहित २५ रन दिएका थिए। सुरुका तीन खेलमा ६ विकेट लिएका सन्दीपएल चौथो खेलमा पनि २८ रन दिएर कुनै विकेट लिन सकेका थिएनन्। 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको केरलाले १० ओभरमा २ विकेट गुमाउदै १०२ रन बनाएको थियो। केरलाका लागि पाउल स्टीरलिङ्गले २८ बलमा ६० रन बनाएका थिए भने कप्तान इयन मोर्गनले १७ तथा क्रिश गेलले १४ रन बनाएका थिए। 

केरलाले अब आफ्नो अन्तिम खेल शुक्रबार बङ्गाल टाइगरसँग खेल्दै छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै