• २०८१ बैशाख १७ सोमबार

भिल्लारियलमाथि बार्सिलोनाको सहज जित, लिगको शिर्ष स्थानमा उक्लियो 

kharibot

काठमाडौँ। स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ।  गएराती भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई २-० गोल अन्तरले पराजित गरेको हो। 

बार्सिलोनाको जितमा जेरार्ड पिके र कार्लोस एलेनाले एक एक गोल गरेका थिए। खेलको ३६औ मिनेटमा उसमान डेम्बेलेको असिस्टमा पिकेले गोल गरेका थिए भने खेलको ८७औ मिनेटमा लियोनेल मेसीको असिस्टमा एलेनाले गोल गरेका थिए।

पिकेले यस सिजनमा ४ गोल गरेका छन्। उनी यस सिजनमा धेरै गोल गर्ने दोस्रो डिफेन्डर हुन्। उनले भन्दा धेरै रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसले ५ गोल गरेका छन्। त्यस्तै यस सिजनमा सबै भन्दा धेरै असिस्ट मेसीले गरेका छन् मेसीले यस सिजनमा कुल  असिस्ट गरेका छन्। 

त्यस्तै बार्सिलोनाका म्यानेजर एर्नास्टो भल्भार्ड़ेको यो बार्सिलोनामा ४ सय खेल हो बार्सिलोनामा भल्भार्ड़ेले ४ सयौ खेलमा १८३ मा जित ९९ बराबरी र ११८ मा हर बेहोरेका छन्।  
 
जितपछि बार्सिलोना ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ। यस अघि पहिलो स्थानमा रहेओ सेभिल्ला डिपोर्टीभो आल्भेजसँग १-१ गोलको बराबरीमा रोकिएपछि बार्सिलोना लिगको शिर्ष स्थानमा पुगेको हो।

बार्सिलोनाको १४ खेलमा २८ अंक छ भने सेभिल्लाको १४ खेलमा २७ अंक रहेको छ। त्यस्तै भिल्लारियलको भने १४ खेलमा १४ अंक रहेको छ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै