• २०८१ बैशाख १५ शनिबार

बेलुन डो अर अवार्ड मोड्रीचले जिते, रोनाल्डो र मेसी युगको अन्त्य !

kharibot

काठमाडौँ। क्रोयसियाका मिडफिल्डर लुका मोड्रीचले यस बर्षको बालाेन डो अरको उपाधि जितेका छन् । फिफा वर्ष खेलाडी समेत बनेका मोड्रीचले फाइनलमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीलाई पछि पार्दै उपाधि जितेका हुन् । 

यसका साथै विश्व फुटबलमा रोनाल्डो र मेसीको पछिल्लो एक दशकदेखिको दबदबाको अन्त्य भएको छ ।

मोड्रीचले विश्वकपमा आफ्नो देश क्रोसियालाई फाइनलसम्म पुर्‍याएका थिए भने उनको क्लब रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका थिए। यससँगै मोड्रीच सन् २००७ पछि रोनाल्डो र मेसी बाहेक यो बेलुन डो अरको उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् । करियरमा पहिलो पटक बालाेन डी अाेरको उपाधि जितेका मोड्रीचभन्दा अगाडी सन् २००७ मा ब्रजिलियन खेलाडी काकाले यो उपाधि जितेका थिए । त्यसपछि लगातार १० वर्ष मेसी र रोनाल्डोले ५-५ पटक यो उपाधि जितेका थिए ।

मोड्रीचपछि यसपटक रोनाल्डो दोस्रो स्थानमा रहे भने तेस्रो स्थानमा एन्टोइन ग्रिजम्यान र चौथो स्थानमा केलियन एम्बाप्पे रहे । मेसी यसपटक पाँचौ स्थानमा रहे । मोड्रीचले कुल सात सय ५३ अंक पाए भने रोनाल्डोले चार सय ७६ र ग्रिजम्यानले चार सय १४ अंक प्राप्त गरेका थिए । अवार्ड जितेपछि मोड्रीचले रोनाल्डो र मेसी उत्कृष्ट खेलाडी भएको प्रतिक्रिया दिएका थिए । मोड्रीचले आफ्नो ठुलो क्लबमा खेल्ने बेलुन डो अर जित्ने सपना रहेको भन्दै उनले त्यो सपना यस पटक पुरा भएको बताए। 

यस्तै पहिलो पटक महिला विधाको उपाधि नर्वेकी स्ट्राइकर एडा हेगरबर्गले जितिन् । यसैवर्ष देखि यो विधामा महिला तर्फको अवार्ड पनि रोखिएको थियो । कोपा ट्रफि अवार्ड केलीयन एम्बाप्पेले हात पारे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै