• २०८१ बैशाख १७ सोमबार

ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश दिने

kharibot

काठमाडौं । ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षमा आर्जन गरोको खुुद मुनाफा मध्येबाट उक्त अनुुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैकले गत आवमा दुुई अर्व १० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 

बैंक संचालक समितिको मंगलबार बसेको तीन सय सातौं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारण सभाको स्वीकृति पश्चात आ.व.२०७४—००७५ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश (बोनश सेयर)  वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी १० अर्व ३१ करोड रुपैयाँ  पुग्ने छ ।  बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले भारत, अष्ट्रेलिया र बेलायतमा प्रतिनिधि कार्यालय खोली कार्य गर्दै आएको छ  ।  

एक खर्ब १३ अर्व निक्षेप, एक खर्ब दुुई अर्ब रुपैयाँ कर्जा लगानी रहेको बैंकको हाल एक सय ३२ वटा शाखाहरु, १५ वटा राजश्व संकलन काउण्टर, एक सय ४१ एटिएम, छ वटा एक्सटेन्सन काउण्टर तथा एक सय चार वटा शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय रहेका छन् ।  

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै