• २०८१ बैशाख १८ मंगलबार

ए डिभिजन लिगमा सरस्वतीमाथि एपीएफको सहज जित

kharibot

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको खेलमा विभागीय टिम एपीएफले जित हासिल गरेको छ । सात दोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपीएफका रुपबहादुर लामाको दुई गोलको मद्धतले एपीएफ क्लबले सरस्वती युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको १८ औं मिनेटमा रुपबहादुर लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । पहिलो हाफको दुई मिनेट समय बाँकी रहँदा युवराज खड्काले अग्रता दोब्बर पारेका थिए । उनको एकल प्रयासमा पेनाल्टी क्षेत्र नजिकैबाट गोल भएको थियो । पहिलो हाफमा एपीएफ २–० ले अगाडि रहेको एपीएफले खेलको ८४औं मिनेटमा रुपबहादुर लामाको गोलमा तेस्रो गोल गर्दै खेल जितेको थियो। 

यो जितसँगै एपीएफ ७ खेलमा ३ जित र १ बराबरीसँगै १० अंक बनाउँदै लिगको पाँचौ स्थानमा पुगेको छ । सरस्वती भने ७ खेलबाट ६ अंकसहित लिगको नवौ स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै