• २०८१ बैशाख १९ बुधबार

प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबराको नाम सिफारिस

kharibot

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबराको नाम सिफारिस गरेको छ । परिषदको बिहीबार विहान बसेको बैठकले जबराको नाम सिफारिस गरेको हो ।

यहि मङ्सिर ११ गते न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि सर्वाेच्च अदालतका दुई न्यायाधीश दिपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम वरिष्ठताका आधारमा संवैधानिक परिषद्मा पठाएको थियो । 

संवैधानिक परिषद्को बैठक बसी न्यायाधीश जोशी र जबराको नाम संसदीय सुनुवाइ समितिमा पठाएपछि सो समितिले सुनुवाइ गरी अनुमोदन गर्ने संवैधानिक व्यवस्था छ । 

प्रधानन्यायाधीशको अवकाश हुने भएपछि भावी प्रधानन्यायाधीशका लागि जोशी र जबराको नाम परिषद्ले पठाएको थियो। न्यायाधीश जोशीलाई यसअघि नै संसदीय सुनुवाइ समितिले अयोग्य ठहर गरी प्रधानन्यायाधीशका लागि नाम अनुमोदन गरेको थिएन । 

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र आगामी पुस १७ गते उमेर हदका कारण अवकाश लिँदै छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै