काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले सातौं जित निकाल्दै मनाङ्ग मनर्स्याङदी क्लबसँग अंक बराबरी गरेको छ ।
बिहीबार भएको खेलमा संकटा क्लबले हिमालयन शेर्पालाई २-० गोल अन्तरले पराजित गरेको छ। जसका कारण उसले लिगको शिर्ष स्थानमा रहेको मनाङसँग अंक बराबरी गर्न सफल भएको छ ।
संकटाका सेड्रिक अवाले र दिपेश आलेमगरले एक एक गोल गरेका छन् ।
त्यस्तै आजै भएको अर्को खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब जाउलाखेलसँग १–० गोल अन्तरले पराजित भएको छ । हलचोक मैदानमा भएको खेलमा खेलको ४९औं मिनेटमा विदेशी खेलाडी अफिज लावलले खेलको एक मात्र गोल गरेका थिए। एपीएफ प्रतियोगितामा चौथो हार ब्यहोर्न बाध्य भयो भने जाउलाखेलले दोस्रो गरेको छ ।
त्यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सरस्वती युवा क्बलले न्यूरोड टिम (एनआरटी) लाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको छ । खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुङ्गिएको खेलमा दोस्रो हाफमा सरस्वतीले निर्णायक गोल गरयो ।
खेलको ७३ औँ मिनेटमा सरस्वतीका भिक्टोर एमओबीले पेनाल्टीमार्फत विजयी गोल गर्दै सरस्वतीलाई शीर्ष तीन अङ्क दिलाए । खेलको ७२ औँ मिनेटमा एनआरटीका खेलाडीले ह्यान्ड गरेपछि सरस्वतीले पेनाल्टी पाएको थियो । खेलमा सरस्वतीका राज शाही म्यान अफ दि म्याच घोषित भए ।
जारी लिगमा तेस्रो जित दर्ता गराएको सरस्वती नौ अङ्कका साथ अङ्क तालिकाको नवौँ स्थानमा छ । त्यस्तै लगातार सातौ हार ब्योहोरेको एनआरटी एक अङ्कका साथ अङ्क तालिकाको अन्तिम स्थानमा छ ।