• २०८१ बैशाख १५ शनिबार

अस्ट्रेलिया र भारत दोस्रो टेस्ट : विराट र अजिख्यको उत्कृष्ट ब्याटिंगले भारत दोस्रो दिन सम्हालियो  

kharibot

काठमाडौँ। शुक्रबारदेखि सुरु भएको अस्ट्रेलिया र भारतबीचको दोस्रो टेस्टको दोस्रो दिनमा भारतले विराट कोहली र अजिख्य रहानेले उत्कृष्ट ब्याटिंग गरेपछि भारत ३ विकेट गुमाएर १७२ रन बनाएको छ।

अस्ट्रेलियाले पहिलो इनिङ्गमा अस्ट्रेलियाले ३२६ रन बनाएपछि भारतले सुरुमै विकेट गुमाए पनि विराट र अजिख्यले भारतको इनिंगलाई सम्हालेका छन्। भारतका लागि केएल राहुल २ रनमा र मुरली विजय शुन्य रनमा आउट भएका थिए। त्यस्तै पहिलो टेस्टमा उत्कृष्ट ब्याटिंग गरेका चैतेश्वोर पुजारा २४ रन बनाएर आउट भएका छन्। त्यस्तै कप्तान विराट कोहलीले ८२ रन र अजिख्य रहाने ५१ रन बनाएर अविजित रहेका छन्।

अस्ट्रेलियाका बलर मिचेल स्ट्राकले २ विकेट लिए भने जोश हजेलवूडले एक विकेट लिएका छन्।  

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले दोस्रो टेस्टमा उत्कृष्ट सुरुवात गर्दै पहिलो दिन ६ विकेट गुमाएर २७७ रन बनाएको थियो भने दोस्रो दिन थप ४९ रन बनाउदा बाँकी ४ विकेट गुमाएपछि ३२६ रन बनाउदै अलआउट भएको थियो ।

अस्ट्रेलियाका लागि मार्कोस ह्यारिसले सर्वाधिक ७० रन बनाए। त्यस्तै ट्राभिस हेडले ५८ रन बनाए भने अरोन फिन्चले ५० रन बनाए। त्यस्तै शान मार्शले ४५ रन बनाए भने उसमान ख्वाजा ५ रन बनाएर आउट भए। त्यस्तै पिटर ह्यान्ड्सकम्बले ७ रन बनाए। त्यस्तै टिम पैनेले ३८ र पाट कमिन्सले १९ रन बनाएर आउट भए। त्यस्तै मिचेल स्ट्राक ६ रन बनाएर आउट भए भने नाथन लियोनले अविजित ९९ रन बनाएका थिए। 

त्यस्तै भारतीय बलर इशान्त शर्माले सर्वाधिक ४ विकेट लिएका छन्। पहिलो दिन २ विकेट लिएका शर्माले दोस्रो दिन थप २ विकेट लिएका थिए। त्यस्तै हनुमान विहारी, जसप्रित बुमराह र उमेश यादवले २-२ विकेट लिए। 

चार टेस्ट खेलको सिरिजमा पहिलो टेस्टमा जित हासिल गरेर भारत १-० ले अगाडी रहेको छ भने यस खेलमा भारतका चर्चित स्पिनर आर आश्विन र ब्याट्सम्यान रोहित शर्मा इन्जुरीका टिमबाट बाहिर रहेका छन्।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै