• २०८१ बैशाख १६ आइतबार

पुँजीबजारको समस्या सामाधन बारेको प्रतिवेदन अर्थ मन्त्रालयमा पेश 

kharibot

काठमाडौं। पूँजीबजारमा देखिएका समस्या सामाधानका लागि अध्ययन प्रतिवेदन तयार गर्न गठित समितिले आज अर्थ मन्त्रालयसमक्ष प्रतिवेदन पेश गरेको छ ।

बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिले उक्त प्रतिवेदन अर्थ मन्त्रीसमक्ष पेश गरेका हुन् ।

मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिहरूको समग्र अध्ययन गरी सुझाव पेश गर्न श्रेष्ठको संयोजकत्वमा धितोपत्र बोर्ड, बैंकर्स संघ, शेयर लगानीकर्ता संघका प्रतिनिधिहरू र अर्थ मन्त्रालयका बित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय हेर्ने सहसचिव सम्मिलित समिति गठन भएको थियो ।

उक्त समितिले आज अर्थमन्त्रीसमक्ष अध्ययन प्रतिवेदन पेश गरेको हो । मुद्रा तथा पूँजीबजारमा देखिएका समग्र प्रवृत्तिहरूको अध्ययन गरी स्पष्ट कार्ययोजना सहितका सुझावहरू उक्त प्रतिवेदनमा समेटिएका छन्।

उक्त प्रतिवेदन माथि आजै बसेको उच्चस्तरीय बित्तीय क्षेत्र समन्वय समितिको बैठकमा छलफल भइ प्रतिवेदनमा उल्लेखित सुझावहरू यथाशीघ्र कार्यान्वयनको लागि सम्वन्धित विभागमा पठाउने मन्त्रालयले जानकारी दिएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै