• २०८१ बैशाख १४ शुक्रबार

ट्रेन्ट बोल्टको श्रीलंकाविरुद्ध उत्कृष्ट बलिङ्ग : १५ बल ४ रन ६ विकेट 

kharibot

काठमाडौँ। न्यूजील्याण्डका तिब्र गतिका बलर ट्रेन्ट बोल्टले श्रीलंकाविरुद्ध जारी टेस्ट म्याचमा कीर्तिमानी बलिङ गरेका छन्।

घरेलु मैदानमा कुल १५ ओभर बलिङ गरेका उनले ३० रन खर्चिएर ६ विकेट लिएक बोल्टले सबै विकेट १५ बलको बिचमा लिएका हुन् । बोल्टले ६ विकेट लिदै गर्दा १५ बलमा १४ बल डट फाले भने एउटा बलमा चार रन मात्र दिएका थिए ।

बोल्टले ३७औ ओभरमा एक चौका दिएर एक विकेट लिएका थिए भने ३९औ ओभरमा कुनै रन नदिई ४ विकेट लिएका थिए। त्यस्तै ४१औ ओभरमा बिना कुनै रन दिएर २ विकेट लिएका थिए। 

बोल्टले श्रीलंकाका रोशन सिल्भा, निरोशन डिकभेला, दिरुवान परेरा, सुरंगा लकमल, दुश्मन्ता चमिरा र लाहिरु कुमारालाई आउट गरेका थिए ।

श्रीलंकाको ब्याटिङ क्रमका पुछारका ६ विकेट लिने क्रममा ४ वटा ‘एलबीडबल्यु’ थिए भने दुई विकेट टिम साउथीले क्याच गरेका थिए।

बोल्टकै घातक बलिङले श्रीलंका १०४ रनमा समेटिएको छ। पहिलो पारीमा १७८ रन बनाएको न्यूजिल्याण्डले श्रीलंकालाई १०४ रन मा आउट गरेर पहिलो पारीमा ७४ रनको अग्रता हासिल गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै