लेगानेजविरुद्ध रियलको सहज जित, रामोसले गरे क्यारियरको सयौ गोल 

खरीबोट

काठमाडौँ । रियल म्याड्रिडले कोपा डेल रे अन्तर्गतको अन्तिम १६ को पहिलो लिगमा लेगानेजलाई ३-० ले पराजित गरेको छ ।

गएराती आफ्नै घरेलु मैदानमा भएको खेलमा लेगानेजलाई पराजित गर्दै गतबर्षको हारको बदला लिएको छ । गतबर्षको कोपा डेल रेमा लेगानेजले रियललाई कोपाबाट बाहिर पठाएको थियो ।

रियलको जितमा सर्जियो रामोस, लुकास भजक्वेज र भिनिसियस जुनियरले एक एक  गोल गरेका थिए ।

रियल म्याड्रिडलाई जिताउने क्रममा कप्तान सर्जियो रामोसले रियल म्याड्रिडका लागि आफ्नो सयौ गोल समेत गरेका छन् ।

ला लिगामा यस सिजनमा खराब प्रदर्शन गरेको रियलले अघिलो खेलमा सोसीयडाडबाट हार बेहोरेको थियो । यस खेलमा ब्राजिलियन १८ बर्षिय भिनिसियसले एक गोल र एक असिस्ट गरेर राम्रो सम्भावना देखाएका छन् ।

रियलले ला लिगाअन्तर्गत अब अर्को खेल आइतबार रियल बेटिससँग खेल्ने छ ।      
 

सम्बन्धित समाचार

मेसी र स्वरेज बिना बार्सिलोना पराजित 

काठमाडौं । बार्सिलोना कोपा डेल रे को अन्तिम १६ को खेलको पहिलो लिगमा लेभान्टेसँग पराजित भएको छ । गएराती भएको खेलमा बार्सिलोना लेभान्टेसँग २-१ गोल अन्तरले पराजित भएको हो । लेभान्टेको

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

काठमाडौँ। बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ। गएराती भएको खेलमा बार्सिलोनाले कल्सरल लेओनेसालाई ४-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-१ को नतिजा सहित कोपा डेल

बार्सिलोनाको कल्चरल लेओनेसविरुद्ध संघर्षपूर्ण जित

काठमाडौँ।  कोपा डेल रे अन्तर्गत बार्सिलोनाले कल्चरल लेओनेसविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ। हाल आफ्ना स्टार खेलाडी लियोनेल मेसी बिना खेलिरहेको बार्सिलोनाले खेलको इन्जुरीसमयमा ९१औ मिनेटमा क्लेमेन्ट लेंगलेटले गोल गरेपछि

बार्सिलोनाले लगातार चौथो पटक जित्यो कोपा डेल रेको उपाधि 

काठमाडौं । कोपा डेल रेको उपाधि बार्सिलोनाले लगातार चौथो पटक जितेको छ । गएराती भएको फाइनल खेलमा सेभिलालाई ५-० ले पराजित गर्दै लगातार चौथो पटक उपाधि जितेको हो । क्लबका म्यानेजर


z