• २०८१ बैशाख २४ सोमबार

जनकपुर उपमहानगरपालिकामा राजपाको फराकिलो अग्रता कायमै

kharibot

धनुषा । धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपाले आफ्नो अग्रतालाई कायम राखेको छ ।  

राजपाका मेयर पदका उम्मेदवार लालकिशोर साहले कांग्रेसका उम्मेदवार भन्दा दुई गुना बढी मतले अग्रता लिइरहेका छन् । 

पछिल्लो विवरण अनुसार राजपाका साहले १७७८३ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवार मनोज कुमार साहले ८२९२ मत ल्याएका छन् । त्यस्तै एमालेका लक्ष्मीनारायण भगतले ३०७३ मत ल्याएका छन् । 

त्यस्तै उपमेयरमा पनि राजपाकी रिता झाले १३९३० मत ल्याएकी छन् भने कांग्रेसकी निलम कर्णले ७८७८ मत ल्याएकी छन् । एमालेकी पुनम चौधरीले ३१४० मत ल्याएकी छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै