• २०८१ बैशाख १७ सोमबार

ऋतिकको फिल्म सुपर ३० को रिलिज मिति सर्यो 

kharibot

काठमाडौँ । बलिवुड अभिनेता ऋतिक रोशनको नयाँ फिल्म सुपर ३० को रिलिज मिति सारिएको छ । यसअघि जनवरी २५ का लागि रिलिज मिति तोकिएको यस फिल्मको रिलिज मिति ६ महिना पछि सार्दै जुलाई २६ पुर्याइएको छ । 

ऋतिकको फिल्म सुपर ३० जनवरी २५ मा रिलिज हुदा ऋतिकसँग लामो समयदेखि विवाद रहेकी अभिनेत्री कंगना रनावतको फिल्म मणिकर्णिकासँग टक्कर हुने अनुमान सबैले गरेका थिए । तर ऋतिकले आफ्नो फिल्मको रिलिज अब जुलाई २६ मा हुने जानकारी दिएपछि ऋतिक र कंगनाको बक्स अफिसको भिडन्त भने हाललाई टरेको छ ।

यस फिल्मलाई यौन दुर्व्यावहारको आरोप लागेका विकास बहलले निर्देशन गरेका हुन् । फिल्मका निर्माताले फिल्मको केहि हिस्सा फेरी सुटिंग गर्ने निर्णय गरेका कारण फिल्मको रिलिज मिति सरेको बताइएको छ । फिल्म भारतीय गणितीज्ञ आनन्द कुमारको जीवनीमा आधारित रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै