काठमाडौं । सिद्धार्थ बैंकले सोलुखुम्बुको खुम्जुङउपत्यकामा एटिएम सञ्चालनमा ल्याएको छ । समुद्रि तहभन्दा ३,७९० मि.उचाइमा अवस्थित यस एटिएम, नेपालमै सबैभन्दा अग्लो स्थानमा रहेको एटिएम हो ।
नाम्चेबजार भन्दामाथि पहिलो पटक सिद्धार्थ बैंकको एटिएम मेसिन राखिएसँगै यस क्षेत्रका बासिन्दाहरलाई रकम निकाल्न नाम्चेबजार सम्म गईरहनु नपर्ने हुँदा बैंकिङ कारोबार गर्न सहज हुने भएको छ ।
त्यस्तै एटिएम सञ्चालनले यस क्षेत्रलगायत एभरेष्ट बेस क्यामप भ्रमण गर्न आउने पर्यटकहरुका लागिथप सुविधा पुग्ने बैंकले विश्वास लिएको छ ।
खुम्जुङमा सञ्चालनमा आएको एटिएसँगै सिद्धार्थ बैंककोे हाल देशभर १४२ एटिएम, १२९ वटा शाखा (तीन वटा एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा र १,२०० भन्दा बढी पस मेसिन संचालनमा रहेकाछन् ।