• २०८१ बैशाख १५ शनिबार

सिद्धार्थ बैंकद्वारा हेल्प नेपाल नेटवर्कलाई सहयोग

kharibot

काठमाडौ। सिद्घार्थ बैंकले दोलखा स्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागि हेल्प नेपाल नेटवर्कलाई सहयोग स्वरुप पाँच लाख प्रदान गरेको छ । 
सो रकम बैंकका हेड अफ सर्कल अफिस, लाजिम्पाटकी श्रिनिमा नेपालले हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुण सिंह बस्नेतलाई हस्तान्तरण गरेकी हुन ।

बैंकबाट प्राप्त उक्त रकम हेल्प नेपाल नेटवर्कले २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको दोलखाको भिमेश्वर स्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण कार्यको लागि उपयोग गर्नेछ । नेपालको दुर्गम क्षेत्रको बालबालिकाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा टेवा पु¥याउने उद्देश्य रहेको गैर सरकारी संस्था, हेल्प नेपाल नेटवर्कलाई पु¥याएको यो सहयोगबाट बैंकले शिक्षाको क्षेत्रमा केहि हदसम्म भएपनि उत्थान पुग्ने र आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकता दिंदै जाने जनाएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै