• २०८१ बैशाख १७ सोमबार

इबरमाथि बार्सिलोनाको सहज जित, मेसीले गरे लिगमा ४ सयौं गोल  

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले इबरलाई पराजित गरेको छ ।

गएराती भएको खेलमा बार्सिलोनाले इबरलाई ३-० गोल अन्तरले पराजित गर्दै सहज जित हासिल गरेको छ । बार्सिलोनाको जितमा लुइस स्वरेजले २ गोल गरे भने लियोनेल मेसीले एक गोल गरेका छन् ।

लियोनेल मेसीले ला लिगामा आफ्नो ४ सयौ गोल गरेका छन् । यो सँगै मेसी ला लिगामा ४ सयौं गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि ला लिगामा क्रिस्टियानो रोनाल्डोले ४०९ गोल गरिसकेका छन् ।

त्यस्तै मेसीले यस सिजनको ला लिगामा आफ्नो गोल संख्या १७ पुर्याएका छन् भने स्वरेजले १४ गोल गरेका छन् ।

जितसँगै बार्सिलोना १९ खेलमा ४३ अंकका साथ लिगको शिर्ष स्थानमा कायम छ भने दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडभन्दा ५ अंकले अगाडी रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै