• २०८१ बैशाख १४ शुक्रबार

युएईलाई पराजित गर्दै नेपाली महिला क्रिकेट टिम सेमिफाइनलमा  

kharibot

काठमाडौँ । थाइल्याण्डमा जारी महिला टी-२० स्म्यास अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले युएईमाथि ६ विकेटको जित हासिल गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।युएईले दिएको १०६ रन पछाएको नेपालले १९ ओभरमा ४ विकेट गुमाउदै सो लक्ष्य पुरा गरेको थियो । 

नेपाललाई जित दिलाउने क्रममा सिता राना मगरले सर्वाधिक ३७ रन बनाएकी थिइन् भने काजल श्रेष्ठले २५ रन बनाएर आउट भएकी थिइन् । नेपालका लागि ओपनर काजल र सिताले पहिलो विकेटका लागि उत्कृष्ट साझेदारी गर्दै ६१ रनको साझेदारी गरेका थिए ।  

त्यस्तै डोली भट्ट ७ रन बनाएर आउट भएकी थिइन् । त्यस्तै इन्दु बर्माले १३ रन बनाएकी थिइन् । त्यस्तै कप्तान रुबिना क्षेत्रीले १० तथा नेरी थापाले ६ रन नटआउट बनाएका थिए ।
युएईका बलर हुमैरा तसनीम, चमानी र इशा ओजाले एक एक विकेट लिएका थिए भने के विकेट रनआउटका रुपमा लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको युएईको महिला टिमले नेपाललाई १०६ रनको लक्ष्य दिएको थियो । युएईले २० ओभरमा ६ विकेट गुमाउदै १०५ रन बनाएको थियो ।

युएईका लागि छाया मुगलले सर्वाधिक ३१ रन बनाईन भने इशा ओजाले २८ रन तथा शुभ बेन्कटरमणले २ रन बनाएर आउट भएकी थिइन् । त्यस्तै चमानी सेनेभिरथनेले अविजित २३, काभिस कुमारीले ५, इशानी १ रन बनाएर आउट भएकी थिइन् । 

नेपाली बलर सिता राना मगर, सोनु खड्का र करुणा भण्डारीले एक एक विकेट लिएका थिए । नेपालले तीन विकेट रनआउटका रुपमा लिएको थियो ।

प्रतियोगिताको समुह चरणमा एक खेल खेल्न बाँकि छदै नेपाल सेमिफाइनलमा पुगेको छ । नेपालले समुह ए मा अहिलेसम्म खेलेका ३ खेलमा नै जित हासिल गर्दै ६ अंक बटुल्दै समुहमा शिर्ष स्थानमा रहेको छ । नेपालले यसअघि चीन र मलेसियालाई पराजित गरेको थियो । त्यस्तै समूहमा युएई ३ खेलमा २ खेलमा जित र एक हारसहित ४ अंक बटुलेर दोस्रो स्थानमा छन् भने मलेसिया, थाइल्याण्ड ‘ए’ र चीन अझै अंकविहिन नै रहेका छन् ।

थाईल्याण्ड टि-२० स्म्यास प्रतियोगितामा नेपाल सहित भुटान, हङकङ, युएई, चीन, मलेसिया, थाईल्याण्ड, थाईल्याण्ड ‘ए’, इन्डोनेसिया, म्यानमार गरि १० टोलीलाई ५-५ टिमको दुई समुहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समुह ‘ए’ मा युएई , चिन, मलेसिया र थाईल्याण्ड ‘ए’ टिम रहेका छन्। समुह ‘बि’ मा थाईल्याण्ड, हंगकंग, इन्डोनेसिया, भुटान र म्यानमार रहेका छन्। दुवै समुहमा एक अर्का बीच एक एक खेलपछि समुहबाट उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ।

नेपालले अब समुह चरणको अन्तिम खेल जनवरी १६ मा थाईल्याण्ड ‘ए’ टिमसँग खेल्ने छ ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै