काठमाडौँ । दक्षिण अफ्रीका टुरमा रहेको पाकिस्तानी क्रिकेट टिम टेस्ट सिरिजमा ३-० ले पराजित भएको छ ।
टेस्ट सिरिजको तेस्रो टेस्टको आज चौथो दिन पाकिस्तान २७३ रनमा अल आउट भएपछि तेस्रो टेस्ट १०७ रनले पराजित हुदै सिरिज ३-० ले गुमाएको हो । दक्षिण अफ्रिकाले दिएको ३८१ रनको लक्ष्य पछाएको पाकिस्तान २७३ रन बनाउदा अलआउट भएको थियो ।
पाकिस्तानका लागि असद सफिकले सर्वाधिक ६५ रन बनाए भने सडाब खानले ४७ रन बनाएका थिए ।
त्यस्तै दक्षिण अफ्रिकाका बलर कगीसो राबडा र डुआने ओलिभरले ३-३ विकेट लिएका थिए भने डेल स्टेनले २ तथा भेरनोन फिलनदरले एक विकेट लिएका थिए ।
टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीकाले पहिलो पारीमा २६२ र दोस्रो पारीमा ३०३ रन बनाएको थियो भने पाकिस्तानले पहिलो पारीमा १८५ रन बनाएको थियो ।
पाकिस्तानले अब दक्षिण अफ्रीकासँग ५ एकदिवसीय र ३ टी-२० खेलको सिरिज खेल्ने छ । पाकिस्तान र दक्षिण अफ्रीकाबीचको एकदिवसीय सिरिजको सुरुवात जनवरी १९ देखि सुरु हुदै छ ।