• २०८१ बैशाख १६ आइतबार

एक लाख घुस लिएको अभियोगमा छोरीसहित सहायक रजिष्टार पन्थी पक्राउ

kharibot

काठमाडौँ । घुस लिएको रकम सुरक्षित गर्न सरकारी कर्मचारीले परिवारका अन्य सदस्यको समेत प्रयोग गर्ने गरेको खुलासा भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख घुस लिएको अभियोगमा कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत सहायक रजिष्टार गीताकुमारी पन्थीलाई पक्राउ गरेपछि सो कुराको रहस्य खुलेको हो ।

आयोगका अनुसार सहायक रजिष्टार पन्थीले घुसमा लिएको रकम छोरी पोषण पन्थीलाई राख्न दिएको पाइएको छ ।

काठमाडौँमा दर्ता रहेको एक विद्यालयको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरेको आयोगको दाबी छ ।

घुस रकम मागेको सूचनाका आधारमा पुगेको आयोगको टोलीले सहायक रजिष्टार पन्थी र उनकी छोरी पोषणलाई सोमबार पक्राउ गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै