• २०८१ बैशाख १७ सोमबार

फिल्म प्रेमलीलाको ट्रेलर सार्वजनिक 

kharibot

काठमाडौँ । माघ २५ गतेबाट पोस्टपोन्ड भएर फागुन १० मा रिलिज हुने तय भएको फिल्म ‘प्रेमलीला’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । 

बिहीवार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी गरेर निर्माण टिमले ट्रेलर सार्वजनिक गर्‍यो । फिल्मले नेपाली युवती र एक भारतीय युवकको प्रेम कथा भएको ट्रेलरबाट बुझ्न सकिन्छ ।

ट्रेलरमा प्रेम, रोमान्स, द्वन्द्व, बदला सबै कुरा मिश्रित छ । फिल्मको चरित्रलाई न्याय गर्न अभिनेत्री दीपशिखा खड्काले रियलमै कपाल समेत मुण्डन गरेकी छिन् । त्यो पनि एक पटक नभएर पाँच पटक । ट्रेलर रिलिज कार्यक्रममा उनले कथाको माग अनुसार नै कपाल मुण्डन गरेको बताइन् । 

 फिल्ममा भारतीय यूवकको भूमिका भारतीय मुलका कलाकारले नै निर्वाहा गरेका छन् । भारतीय मोडल अली खान, दीपशिखाको प्रेमीको भूमिकामा छन् । साथै, मौसम खड्काको पनि फिल्ममा लिड रोल छ । 

फिल्मको आधा निर्देशन जनक पाण्डेले गरेका हुन् भने बाँकी दीपशिखाले गरेकी हुन् । 

 पवन गौतमको छायांकन रहेको यसमा हरि लम्साल, महेश खड्का, नबिन कार्कीको संगीत छ । प्रभाकर शर्मा, सुरज तमु र रेखा शाहको पनि यसमा अभिनय छ । फैजल फिल्मस्को ब्यानरमा नानीमैयाँ कार्की निर्माता रहेको फिल्मको कथा अभिनेत्री दीपशिखा स्वयमले लेखेकी हुन् ।


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै