• २०८१ बैशाख १४ शुक्रबार

महिला टी-२० सेमिफाइनल : नेपालले इन्डोनेसियालाई १२१ रनको चुनौती दियो  

kharibot

काठमाडौँ । थाइल्याण्डमा जारी महिला टी-२० स्म्यास अन्तर्गत सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई १२१ रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउदै १२० रन बनाएको हो ।

नेपालका लागि सिता राना मगरले सर्वाधिक ४८ रन बनाइन् । सिता रन आउट भएकी थिइन् । त्यस्तै इन्दु बर्माले ४० रन अविजित बनाएकी थिइन् । ओपनर काजल श्रेष्ठले १४ रन बनाएर आउट भएकी थिइन् । त्यस्तै नेरी थापा ५ रन बनाएर आउट भएकी थिइन् ।

नेपालका लागि ओपनर काजल र सिताले ३१ रनको साझेदारी गरेका थिए भने सिता र इन्दुले दोस्रो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए ।

इन्डोनेसियाका लागि बलर क्रिसमार्टिनी एडुर्ड र फितरिया राधा रानीले एक एक विकेट लिएकी थिइन् ।

इन्डोनेसियाले केहि बेरमा जवाफी ब्याटिंग गर्दै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै