• २०८१ बैशाख १४ शुक्रबार

आयोजक थाइल्याण्डसँग नेपाल पराजित 

kharibot

काठमाडौँ । थाइल्याण्डमा जारी महिला टी-२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल आयोजक थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डसँग पराजित भएसँगै नेपाल प्रतियोगिताको उपविजेता बनेको छ ।

थाइल्याण्डले दिएको १२२ रनको लक्ष्य पछाएको नेपाल १७.२ ओभरमा ५१ रनमा अलआउट भएपछि खेल ७० रनले गुमाएको थियो । नेपालका लागि नेरी थापाले १७ र सिता राना मगरले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

थाइल्याण्डका बलर सुलीपोर्न लाओमीले ३ विकेट लिइन भने सोर्ननारिनतिप्पोचले २ विकेट लिएकी थिइन् ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको थाइल्याण्डले २० ओभरमा एक विकेट गुमाएर १२१ रन बनाएको हो ।

थाइल्याण्डका लागि ओपनर नथाकन चन्थमले अविजित रहदै ६९ रन बनाएकी थिइन् । त्यस्तै नरेउमूल चाइवाईले २७ रन बनाएर आउट भएकी थिइन् । त्यस्तै चनिदा सुथीरुवांगले अविजित १९ रन बनाइन ।

नेपालका बलरहरुले कुनै विकेट लिन असफल भएपनि किफायती बलिंग गरेका थिए । नेपालले आफ्ना ७ बलरलाई प्रयोग गरेपनि विकेट लिन असफल भएको थियो । नेपालले एक विकेट रन आउटका रुपमा पाएको थियो । 

बाह्र वर्षपछि फाइनल खेल्यो नेपाल :

सन् २००७ मा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन शुरु गरेको नेपाली महिला टोलीले पहिलो सहभागितामा प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो । एसीसी वुमेन्स च्याम्पियनसिपको फाइनलमा त्यतिबेला नेपाल बङ्गलादेशसँग पराजित हुँदै उपविजेता भएको थियो । त्यसपछि नेपाली अन्डर–१९ महिला टोलीले उपाधि जिते पनि सिनियर महिला टिमले भने प्रतियोगिताको फाइनल यात्रा तय गर्न सकेको छैन । 

महिला टि–२० एशिया कप– २०१२ मा नेपाल समूह चरण पार गर्न सकेन भने २०१३ को वुमेन्स च्याम्पियनसिपको सेमिफाइनलमा नेपाललाई थाइल्याण्डले पराजित गर्यो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै