• २०८१ बैशाख १५ शनिबार

म्याक्सवेल र स्टोइनिश टिममा फर्किएपछि मेलवर्न स्टार्स विजयी  

kharibot

काठमाडौँ । बिग बास लिग अन्तर्गत मेलवर्न स्टार्सले मेलवर्न रेनेगाड़ेसलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा मेलवर्न स्टार्सले रेनेगाड़ेसलाई ६ विकेटले पराजित गरेको हो ।

स्टार्सको टिममा नियमित कप्तान ग्लेन म्याक्सवेल, मार्कोस स्टोइनिश र एडम जाम्पा फर्किएपछि जित हासिल गरेको छ ।

रेनेगाड़ेसले दिएको १२२ रनको लक्ष्य पछाएको स्टार्सले १९.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

स्टार्सका लागि मार्कोस स्टोइनिशले सर्वाधिक ७० रन बनाए भने निक माडीसनले १९ रन र डावेन ब्राभोले अविजित १७ रन बनाएका थिए । त्यस्तै रेनेगाड़ेसका बलर रिचार्डसनले २ विकेट लिए भने मोहमद नावीले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रेनेगाड़ेस १९.३ ओभरमा अलआउट हुदै १२१ रन बनाएको थियो । रेनेगाड़ेसका लागि मोहमद नावीले सर्वाधिक २८ रन बनाएका थिए भने कुपरले २४ तथा डेनियल क्रिस्टियनले १८ तथा एरोन फिन्चले १४ रन बनाएका थिए ।

स्टार्सका बलर मार्कोस स्टोइनिशले ३ विकेट लिए भने एडम जाम्पा, जक्सन बर्ड, लियाम प्लुनकेटले २-२ विकेट लिएका थिए ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय