• २०८१ बैशाख १५ शनिबार

बिग बास लिगको 'टिम अफ द टुर्नामेन्ट' घोषणा, को को परे ?

kharibot

काठमाडौँ । अस्ट्रेलियामा जारी बिग बास लिग यस सिजनको अन्तिम चरणमा पुगेको छ । यस सिजनमा पर्थ स्कोर्चर्स फाइनलमा पुगेको छ भने फाइनलमा पुग्न च्यालेन्जर्समा सिड्नी सिक्सर्स र एडिलेड स्ट्राइकर्स खेल्ने छन् ।

यसैबीच बिग बासको यस सिजनको ११ खेलाडीको टिम अफ द टुर्नामेन्ट घोषणा गरिएको छ ।

यस सूचीमा १२ खेलमा ५७१ रन बनाएका होबर्ट हुरीक्यान्सका बेन म्याकडेरमोट रहेका छन् । अस्ट्रेलियाका २७ बर्षिय बेनले यस सिजनमा उत्कृष्ट ब्याटिंग गर्दै टिम अफ द सिजनमा आफ्नो स्थान बनाएका छन् ।

त्यस्तै यस सूचीमा सिड्नी सिक्सर्सबाट खेलेका २४ बर्षिय अस्ट्रेलियन क्रिकेटर जोश फिलिप रहेका छन् । फिलिपले यस सिजनमा अहिलेसम्म १३ खेलमा ४२९ रन बनाएका छन् । 

त्यसैगरी मेलवर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेल पनि यस सूचीमा रहेका छन् । उनले यस सिजनामा बिग बासको इतिहासकै सबधिक १५४ रन बनाएका थिए । उनले यस सिजनमा १३ खेलमा ४६८ रन बनाए ।

त्यस्तै यस सूचीमा पर्थ स्कोर्चर्सका मिचेल मार्श पनि रहेका छन् । मार्शले यस सिजनमा ६ खेलमा ३१४ रन बनाएका छन् भने उनले ५ विकेट पनि लिएका छन् ।

यस सूचीमा सिड्नी सिक्सर्सका अस्ट्रेलियाका मोइज हेनरीक्वेज पनि रहेका छन् । उनले यस सिजनमा १२ खेलमा ४०३ रन बनाएका छन् ।

त्यसैगरी यस सिजनमा सिड्नी थण्डरका २२ बर्षिय अस्ट्रेलियन जासन सांघा पनि यस सूचीमा रहेका छन् । उनले यस सिजनमा ११ खेलमा ३८४ रन बनाएका छन् ।

त्यसैगरी यस सूचीमा पर्थ स्कोर्चर्सका अस्ट्रेलियन क्रिकेटर अष्टन अगार रहेका छन् । उनले यस सिजनमा १३ खेलमा १५ विकेट लिएका छन् भने ११८ रन पनि बनाएका छन् ।

त्यस्तै यस सूचीमा सिड्नी सिक्सर्सका अस्ट्रेलियन क्रिकेटर हिडेन केर्र रहेका छन् । उनले यस सिजनमा १४ खेलमा २२ विकेट लिएका छन् ।

यस सूचीमा एडिलेड स्ट्राइकर्सबाट खेलेका अफगानिस्तानका राशिद खान पनि रहेका छन् । राशिदले यस सिजनमा ११ खेलमा २० विकेट लिएका छन् । उनले यस सिजनमा एक खेलमा १७ रन दिएर ६ विकेट लिएका थिए ।

त्यस्तै यस सूचीमा एडिलेडका ३७ बर्षिय पिटर सिडल पनि रहेका छन् । उनले यस सिजनमा १४ खेलमा २३ विकेट लिएका छन् । 

त्यस्तै यस सिजनको टिम अफ द टुर्नामेन्टमा पर्थ स्कोर्चर्सका एन्ड्रु टाय पनि रहेका छन् । टायले यस सिजनमा १४ खेलमा २० विकेट लिएका छन् ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै