• २०८१ बैशाख १८ मंगलबार

रुस्लान सिमरा गोल्डकप : सरस्वतीलाई ट्राईब्रेकरमा हराउँदै संकटा क्वाटरफाईनलमा

kharibot

बारा । ए डिभिजन क्लब टाईबेकरमा सरस्वती युथ क्लबलाई हराउँदै सिएमजी संकटा क्लव बाराको सिमरामा जारी दशौं रुस्लान सिमरा गोल्डकप प्रतियोगिताको क्वार्टरफाईनल प्रवेश गरेको छ । 

सरस्वती युथ क्लबलाई टाईबेकरमा ३–१ ले हराउँदै संकटा अन्तिम आठमा आफ्नों स्थान सुरक्षित गरेको हो । संकटाको भेट अब माघ ८ गते रुस्लान थ्री स्टारसँग हुँने छ । 

शनिवार निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिए पछि टाईबेकरमा संकटा विजयी भएको थियो । खेलको ३८ औं मिनेंटमा मोहन गुरुङको गोलबाट सरस्वतीले अग्रता लिएको थियो । तर , त्यसलाई सरस्वतीले जोगाउँन सकेन । सरस्वती क्लवका तर्फबाट ५८ औं मिनेंटमा जय गुरुङले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए । 

खेलको ९० मिनेट पछि सोझै पेनाल्टीमा गएको खेलको नायक संकटाका गोलकिपर राजाबाबु थापा बने छन् । उनले सरस्वतीका ३ खेलाडी भिक्टोर , रमेश घिसिङ र दिपक गुप्ताको पेनाल्टी रोकेका थिए । सरस्वतीको तर्फबाट मोहन गुरुङले मात्र पेनाल्टीमा गोल गरेका थिए । 

संकटाका लागि सुरज गुरुङ , लक्ष्मण रुचाल , रोमन लिम्बुले गोल गरको थिए । भने दिपेश आलेमँगरको प्रहार बारमा लागेर फर्कियो । अमित तामाङको प्रहार बाहिरियो । संकटाका गोलकिपर राजबाबु खेलको म्यान अफ दी म्याच घोषित भए र उनले पुरस्कार १० हजार रुपैयाँ प्राप्त गरे ।

गेल्ड कपमा आईतवार दुई विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ र त्रिभुवन आर्मी क्लब बिच प्रतिश्पर्धात्मक खेल हुँने आयोजकले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै