• २०८१ बैशाख १५ शनिबार

कोपामा रियल म्याड्रिडको सहज जित, रामोसले गरे दुई गोल 

kharibot

काठमाडौँ । रियल म्याड्रिडले कोपा डेल रे को क्वाटरफाइनलको पहिलो लिगमा गिरोनासँग ४-२ गोल अन्तरले जित हासिल गरेको छ ।

गएराती भएको खेलमा रियल म्याड्रिडले सर्जियो रामोसको दुई गोल तथा लुकास भेजक्वेज र करिम बेन्जामाको एक एक गोलको मद्धतले जित हासिल गरेको हो ।
त्यस्तै गिरोनाका लागि लोजानो र एलेक्स ग्रानेलले एक एक गोल गरेका थिए ।

कोपा डेल रे अन्तर्गत अब दोस्रो लिग आगामी साता हुने छ । क्वाटरफाइनलको पहिलो लिगमा चार पटकको विजेता बार्सिलोना भने २-० ले लेगानेजसँग पराजित भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय