• २०८१ बैशाख २१ शुक्रबार

काँग्रेसको विरोधका बिच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित

kharibot

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका बीच संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएको छ ।

प्रतिपक्षी दल काँग्रेसले बैठक सुरु हुनासाथ नाराबाजी सहित रोष्ट्रम घेराउ गरे पनि सभामुख कृष्णबहादुर महराले विधेयक पेश गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई अनुमति दिएका थिए । 

विधेयक पेश गर्ने अनुमति दिएलगत्तै मन्त्री पोखरेल मर्यादापालकको सुरक्षा घेराबीच रोष्ट्रममा पुगेर संसदमा विधेयकमाथि छलफल गरियोस भनेर प्रस्ताव पेश गरेका थिए ।  

छलफलमा भाग लिने सांसद नभएपछि सभामुख महराले सदनमा बहुमतले शिक्षा विधेयक पारित भएको घोषणा गरेका हुन् ।

विधेयक पारित भैरहँदा काँग्रेसका सांसदहरुले चर्को नाराबाजी गरेका थिए ।

विधयेक पारित भएसँगै अब डा.गोविन्द केसीको अनसन के हुन्छ भन्ने कौतुहलता बढेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै