• २०८१ बैशाख १५ शनिबार

जनसरोकारका विषयलाई प्राथमिकता दिई काम गर्न तीन महानगरलाई निर्देशन

kharibot

काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिले जनसरोकारको विषयलाई प्राथमिकता दिई काम गर्न उपत्यकाका तीनै महानगरलाई निर्देशन दिएको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले तीन वटै महानगरका मेयरलाई उक्त निर्देशन दिएको हो । 

 तीनै तहको बिचमा योजना निर्माण, बजेट निमार्ण, कानुन निर्माण गरी कार्यान्वयन तहमा दोहरो समझदारी, साझेदारी र समन्वयको आवश्यक छ । त्यसको लागि समय समयमा छलफल अन्तरत्र्रिmया आवश्यक हुने हुदाँ सबैले आफ्नो ठाउँमा यसको भुमिकालाई आत्मसाथ गरेर अगाडि बढ्नु पर्ने अवस्था देखिएकोले विकास निर्माणमा तीव्रता दिने सन्दर्भमा विकास निमार्णमा जनसरोकारसँग जोडिएको बिषयलाई प्राथामिकरण गरेर प्रमुख हरुले त्यसलाई अगाडि बढाउनु पर्ने फोहोर व्यवस्थापन, धुलो व्यवस्थापन, सडक निमार्ण, खालटाखुल्टी पुर्ने, ट्राफिक व्यवस्थापनको विषयमा  महत्व योजनाबद्ध ढंगल दिएर अगाडि बढाउनको लागि समितिले निदे्र्रशन दिएको छ । 

समितिको सभापति दिलकुमारी रावलले भक्तपुरले राम्रो काम गरेको भन्दै अनुसरण गर्न अन्यलाई पनि भनिन ।  

तीनै जना मेयरले सार्वजनिक खरिद ऐन संशोधन गर्नु पर्ने माग राखेका थिए । तीनै मेयरले खेलकुदमा पनि रकम छुट्याएको भनेर सांसदको जिज्ञासा मेटाएका थिए ।
काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्यले खाल्टा खन्ने पुर्ने बजेट २ वर्षमा नै महानगरको विकास हुने भन्दै राज्यले उचित व्यवस्थापन गर्नु पर्ने बताए । सडक मान्छेलाई व्यवस्थापन गर्न मानव सेवा आश्रमसँग मिलेर भवन बनाउने, वृक्षारोपण, सामुदायिक विद्यालय, सौचालय राम्रो बनाउन लागेको बताउदै हरियाली प्रर्वद्धनमा महानगर लागेको बताए । 

कामपाका मेयर विद्यासुन्दर शाक्यले फोरमैला व्यवस्थापन सबै भन्दाठुलो समस्या भएको भन्दै तीनै तहको सरकारहरु समन्वय गरेर जानु पर्ने बताए । निर्यण हुने तर कार्यान्वयन नहुने समस्या रहेको बताए । 

उनले उपत्यकामा मोटरसाइकल मात्र १० लाख छ भन्दै व्यवस्थापनको जिम्मेवारी प्रदेश र संघीय सरकारले पनि लिनु पर्ने बताए । नयाँ तरिकाबाट व्यवस्थापन गर्ने भन्दै घर भत्काएर सडक चौडा नगरेर अव मनोरेल  ल्याउने बताए । 

विरोध गरेर धम्काएर खानेलाई सजिलो छ भन्दै शाक्यले पहिला खुकुरी बोक्ने डन थिए भने कलम बोक्ने डन भनेका छन । पिक एण्ड ड्रपले जामलाई कम गराएको बताए ।  

ललितपुर महानगरका मेयर चिरिबाबु मर्हजनले महानगर भित्र भएका संरचना अपाङ्गमैत्री हुनुपर्ने भन्दै आफ्नै कार्यकक्ष पनि अपाङ्गमैत्री भएकोले लिफ्ट राख्न लागेको बताए । 

स्मार्ट सिटिको परिभाषा मात्र ११६ वटा पढेको  भन्दै धेरै कुरा मिलाएर जानु पर्ने बताए । सडकको आवतजावत अनुसार बल्ने, कुन नम्बर प्लेटको सवारी कहाँ जादैछ थाहा हुने स्मार्ट लाइटको प्रयोग ल्याउन लागेको ,ललितपुरमा ५ ठाँउमा ट्राफिक जक्सन लाइट राख्न लागेको , १ अर्ब ७५ करोड आन्तरिक राजश्व उठाउने लक्ष्यको नजिक पुगेको ,सरकारले ललितपुरलाई कम बजेट दिएको, हिउदे अधिवेसनमा २२ वटा ऐन पारित गर्न लागेको लगायतका विषयमा जानकारी गराएका थिए ।

भक्तपुर महानगरका मेयर सुनिल प्रजापतिले सांसदको जिज्ञासा मेटाउदै महानगरमा दैनिक ३० टन फोहोर निश्कने  जसको ७० प्रतिशत कुहिने फोहोर र ३० प्रतिशत नकुहिने फोहोर आउने गरेको बताउदै हरेक घरमा फोहोर व्यवस्थापनको लागि २ वटै वाल्टिन वितरण गरेको जानाकारी दिए । उनले थपे फोहोर व्यवस्थापनको लागि १४९ कर्मचारी परिचालित छन । कोमल ओलीले राखेको जिज्ञासाको उत्तर दिदै उनले भने जनावर व्यवस्थापनमा कानुनी समस्या छ । जनवार अधिकारवादीहरुको विरोध छ । 

लगाानी वोर्डले काम गर्न असजिलो पारेको भन्दै यसको खारेज हुने पर्ने बताए । मौलिक शैलीमा नै पुनःनिमार्ण गरिनु पर्ने खरिद ऐनको नाममा सम्पदा सम्बन्धी ज्ञान नभएकालाई सम्पदा पुनःनिर्माण गर्न दिन नहुने बताए ।  

सांसद खेमराज नेपालीले सभ्यताले छोडेको सुन्दरता भित्रको कुरुप पक्ष सामाजिक न्याय, समतामुलक समाजको  विभेदकारी पक्षलाई हटाउन तर्फ मेयरलाई कार्य गर्न सुझाव दिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै