• २०८१ बैशाख १५ शनिबार

एकदिवसीय क्रिकेटमा पारस खड्काले बनाए शतक

kharibot

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले युएईविरुद्ध जारी तेस्रो एकदिवसीय खेलमा आफ्नो शतक पुरा गरेका छन् ।

पारसले ९६ बल आफ्नो शतक पुरा गरेका हुन् । शतक पुरा गर्ने क्रममा पारसले १३ चौका र एक छक्का प्रहार गरेका छन् ।

यो नेपालका तर्फबाट कुनै पनि खेलाडीले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा बनाएको पहिलो शतक हो । 

युएईले दिएको २५५ रनको लक्ष्य पछाउने क्रममा कप्तान पारसले आफ्नो शतक पुरा गरेका हुन् । यसअघि गत अगस्टमा भएको नेदरल्याण्डससँगको दोस्रो खेलमा पारसले ५१ रन बनाएका थिए ।

यसअघि नेपालबाट सोमपाल कामी, सुबास खकुरेल, ज्ञान्नेद्र मल्ल, र रोहित पौडेलले एक एक अर्धशतक बनाएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै