• २०८१ बैशाख १७ सोमबार

‘टुँडिखेलमा खेलेर क्रिकेट सिरिज जितियो’

kharibot

काठमाडौँ । ‘टुँडिखेलमा खेलेर क्रिकेट सिरिज जितियो’ यी भनाई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत अग्रण पुगेका नेपाली क्रिकेट समर्थकको हो । युएईविरुद्धको एकदिवसीय र टी-२० सिरिज जितेको जति खुशी नेपाली क्रिकेट प्रेमीलाई छ त्यति नै दर्द र निराशा यी भनाईमा पाउन सकिन्छ ।  

नेपाली क्रिकेट टोली विमास्थलमा आइपुग्दा उनीहरुलाई स्वागत गर्न राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र खेलकुदमन्त्री जगत विश्वकर्मा पुगेका थिए । 

विमानस्थलमा पुगेका सयौं क्रिकेट प्रसंशकले खेलकुद मन्त्रीलाई देखे पछि झन् उत्तेजित हुदै नारा लगाएका थिए । समर्थकहरुले मन्त्रीलाई देखेपछि झन् उत्तेजित हुदै खेलाडीले खुशी दिइरहने, तर राज्यले एउटा पनि रंगशाला नबनाउने ? भन्दै प्रश्न गरेका थिए ।

खेलाडीलाई स्वागत गर्न पुगेका समर्थकले विमास्थलमा ‘टुँडिखेलमा खेलेर क्रिकेट सिरिज जितियो, धुर्मुस सुन्तली हाईहाई, खेलकुदमन्त्री बाइबाई’ भन्दै नारा लगाएका थिए ।  सिरिज जितेकोमा खुशी भएका नेपाली क्रिकेट समर्थक विमानस्थल उत्तेजित हुदै सरकारले एउटा पनि रंगशाला बनाउन नसकेको भन्दै आफ्नो निराशा पोखेका थिए । 

राष्ट्रियसभा अध्यक्ष तिम्सिनाले दिए १०-१० हजार :

युएईसँगको एकदिवसीय र टी-२० सिरिज जितेर घर फर्किएको नेपाली क्रिकेट टोलीलाई जनही ५ लाख रुपैयाँ दिन सिफारिस गरिएको छ । दुवै सिरिज जितेर फर्किएको नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई प्रतिव्यक्ति पाँच लाख रूपैयाँ दिन राष्ट्रिय खेलकुद परिषदले सरकारलाई सिफारिश गरेको छ । 

राखेपले योसँगै दुवै सिरिज विजेता टोलीलाई राष्ट्रिय सम्मानका लागि सरकारलाई सिफारिस गरेको हो । 

यसैबीच क्रिकेट टोलीलाई विमानस्थलमा सम्मान र स्वागत गर्न पुगेका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जनही १०/१० हजार रुपैयाँ प्रदान गरेका छन् । 

अध्यक्ष तिमिल्सिनाले जितेर आएका १६ जना खेलाडी र अफिसियलसहित २१ जनालाई प्रोत्साहनस्वरूप जनही १० हजारका दरले दुई लाख १० हजार रुपैयाँ नगद प्रदान गरेका हुन् ।

खेलाडीलाई हेर्ने कोहि भएन - प्रशिक्षक टमाटा

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले नेपाली खेलाडीले विश्वस्तरीय प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन् ।  उनले आफूले २००८ मा मलेसियामा भएको १९ बर्षमुनिको टोलीले छनौट भएर विश्वकप खेलेको झल्को यो सिरिजमा पाएको बताए । यो सिरिजमा ब्याटिङ, बलिङ  र फिल्डिङ विश्वस्तरीय भएको उनको भनाई छ । तर सरकारले भने खेलाडीको बारेमा नसोचेको भन्दै प्रशिक्षक टमाटाले दुखेको गुनासो गरे ।

‘घाइते हुँदा पनि खेलाडी आँसु लुकाएर खेलेका छन्, घरको अवस्था खत्तम हुँदा पनि खेलेका छन् यो कुरा खै कस्ले ख्याल गरेको छ र ?’ टमाटाले भावुक हुँदै भने, ‘हाम्रा खेलाडीले २-३ वर्षदेखि तलव पाएका छैनन्, उनीहरुले कसरी परिवार पालेका छन् भनेर राज्यले कहिले सोच्ने ?’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै