• २०८१ बैशाख १७ सोमबार

नेपालद्वारा युएईविरुद्धको टी-२० सिरिज पनि कब्जा 

kharibot

काठमाडौं  । युएईविरुद्धको तेस्रो टी-२० खेलमा नेपालले युएईलाई पराजित गर्दै टी-२० सिरिज पनि जितेको छ । 

१०५ रनको लक्ष्य पछाएको युएईले १० ओभरमा ८ विकेट गुमाउदै ९० रन बनाएपछि नेपाल १४ रनले विजयी भएको हो । नेपालले पहिलो खेलमा हार बेहोरेपनि दोस्रो र तेस्रो टी-२० जितेर सिरिज २-१ ले कब्जा गरेको हो ।

नेपालका लागि करन केसी, अविनाश बोहोरा र ललित राजबंशीले २-२ विकेट लिएका थिए ।

करण केसीले २ ओभरमा १३ रन दिएर २ विकेट लिएका थिए । त्यस्तै अविनाश बोहोराले पनि २ ओभरमा १६ रन दिएर २ विकेट लिए । ललितले २ ओभरमा १६ रन दिदै २ विकेट लिए ।
सोमपाल कामी र सन्दीप लामिछाने र ललित राजबंशीले एक एक विकेट लिए ।  त्यस्तै ललित राजबंशीले सिरिजमा आफ्नो पहिलो विकेट लिए ।

युएईका लागि शैमान अनवरले सर्वाधिक ३० रन बनाए भने गुलाम शब्बरले २५ र मोहमद बूटाले ११ रन बनाए । यस बाहेक अन्य खेलाडीले दोहोरो रन बनाउने सकेनन् ।

यसअघि वर्षाबाट प्रभावित हुदा १० ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै ७ विकेट गुमाएर १०४ रन बनाएको हो ।

नेपालका लागि कप्तान पारस खड्काले २९ रन बनाए भने सन्दीप जोराले २८ रन बनाएका थिए । जोराले ११ बलमा ३ छक्का प्रहर गर्दै २८ रन बनाए । त्यस्तै करण केसीले ५ बलमा १० रन बनाए भने विनोद भण्डारीले २१ रन बनाए ।

नेपालले खेलको सुरुवात मै विकेट गुमाएको थियो । ओपनिङ गर्न गएका पवन सराफ पहिलो ओभरमा खाता नखोली आउट भएका थिए । त्यस्तै ज्ञान्नेद्र मल्ल ११ रनमा र दिपेन्द्र सिंह ऐरी २ रनमा आउट भएका थिए ।   

त्यस्तै युएईका बलर मोहम्मद नाभीद र सुल्तान अहमदले २-२ विकेट लिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै