• २०८१ बैशाख १६ आइतबार

नेपालले युएईलाई दियो १०५ रनको चुनौती 

kharibot

काठमाडौं  । युएईविरुद्धको तेस्रो टी-२० खेलमा नेपालले युएईलाई १०५ रनको लक्ष्य दिएको छ । वर्षाबाट प्रभावित हुदा १० ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै ७ विकेट गुमाएर १०४ रन बनाएको हो ।

नेपालका लागि कप्तान पारस खड्काले २९ रन बनाए भने सन्दीप जोराले २८ रन बनाएका थिए । जोराले ११ बलमा ३ छक्का प्रहर गर्दै २८ रन बनाए । त्यस्तै करण केसीले ५ बलमा १० रन बनाए भने विनोद भण्डारीले २१ रन बनाए ।

नेपालले खेलको सुरुवात मै विकेट गुमाएको थियो । ओपनिङ गर्न गएका पवन सराफ पहिलो ओभरमा खाता नखोली आउट भएका थिए । त्यस्तै ज्ञान्नेद्र मल्ल ११ रनमा र दिपेन्द्र सिंह ऐरी २ रनमा आउट भएका थिए ।   

त्यस्तै युएईका बलर मोहम्मद नाभीद र सुल्तान अहमदले २-२ विकेट लिए ।

नेपाली टोली :

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, सन्दिप जोरा, पवन सर्राफ , सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, अभिनाश बोहोरा र ललित नारायण राजवंशी

तीन खेलको टी-२० सिरिजमा नेपाल र युएईले १-१ खेल जितेर बराबरी रहेका छन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै