• २०८१ बैशाख १७ सोमबार

संसदीय मूल्य मान्यता विपरित विधेयक पारित गरियो : सभापति देउवा

kharibot

पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गरिनु संसदीय मूल्य मान्यता विपरित भएको आरोप लगाएका छन् । 

काँग्रेसका अग्रज नेता प्रजातन्त्र सेनानी केशवराज रेग्मीको स्मृतिमा आज यहाँ आयोजित श्रद्धाञ्जलि सभामा उनले संसद्मा वार्ताका माध्यमबाट सहमति खोजिने प्रचलनलाई लत्याउँदै विधेयक पारित गरिएको आरोप लगाए । 

लोकतान्त्रिक मूल्य मान्यतालाई काँग्रेसले सधैँ आत्मसात गर्दै आएको बताउँदै सभापति देउवाले यसको खिलापमा हुने जुनसुकै गतिविधि पार्टीलाई सह्य नहुने उल्लेख गरे । नेपालको प्रजातान्त्रिक आन्दोलनमा रेग्मीको योगदान अतुलनीय भएको बताउँदै उनले रेग्मीले जीवनपर्यन्त विना स्वार्थ पार्टीलाई सहयोग गर्नुभएको स्मरण गरे । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशी, नेता शुक्रराज शर्मा, नेपाल महिला सङ्घ कास्कीका सभापति कोपिला रानाभाट, राजेन्द्रनिधि कोइराला, टङ्कमान नापित, रामकृष्ण पराजुलीलगायतले स्व रेग्मीले प्रजातन्त्र प्राप्तिको संघर्षमा गरेको योगदानबारे चर्चा गरे ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै