• २०८१ बैशाख १४ शुक्रबार

अस्ट्रेलियाद्वारा श्रीलंकाविरुद्धको टेस्ट सिरिज क्लिन स्विप 

kharibot

काठमाडौं । अस्ट्रेलियाले श्रीलंकाविरुद्धको टेस्ट सिरिज क्लिन स्विप गरेको छ । अस्ट्रेलियाले दोस्रो टेस्टको चौथो दिन श्रीलंकालाई ३६६ रनको फराकिलो रनले पराजित गर्दै २ खेलको सिरिज २-० ले जितेको हो ।

टस जितेर पहिला ब्याटिंग गर्दै पहिलो पारीमा अस्ट्रेलियाले ५३४ रन बनाउदै पारी घोषित गरेको थियो । अस्ट्रेलियाको पहिलो पारीमा तीन शतक बनेका थिए । अस्ट्रेलियाका जो बर्न्सले १८०, ट्राभिस हेडले १६१ र कुर्टिस पाटर्सनले ११४ रन बनाएका थिए । पाटर्सनले आफ्नो दोस्रो टेस्टमा नै शतकीय पारी खेलेका थिए । 

त्यसैगरि श्रीलंकाले आफ्नो पहिलो पारीमा २१५ रन बनाउदा अल आउट भएपछि पहिलो पारीमा ३१७ रनले पछाडी परेको थियो । श्रीलंकालाई सस्तैमा आउट गर्ने क्रममा मिचेल स्ट्राकले ५ विकेट लिएका थिए ।

त्यस्तै दोस्रो पारीमा अस्ट्रेलियाले उसमान ख्वाजाको शतकीय पारीसँगै ३ विकेट गुमाएर १९६ रन बनाउदै श्रीलंकालाई ५१४ रनको लक्ष्य दिएको थियो । ५१४ रनको लक्ष्य पछाएको श्रीलंका केबल १४९ रनमा अलआउट भए र खेल ३६६ रनले गुमाउन पुग्यो । अस्ट्रेलियाका बलर मिचेल स्ट्राकले दोस्रो पारीमा पनि ५ विकेट लिदै एक टेस्टमा १० विकेट लिदै उनी खेलको प्लेयर अफ द म्याच बने । त्यस्तै सिरिजमा कुल १४ विकेट लिएका अस्ट्रेलियाका पाट कमिन्स प्लेयर अफ द सिरिज बने ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै